अपाङ्गता भएका व्यक्ति मताधिकार गर्नै अवसरबाट बञ्चित हुन नपरोस: नेत्रहीन युवा संघ कास्की

पाेखरा | कात्तिक ३०, २०७९

अपाङ्गता भएका व्यक्ति मताधिकार गर्नै अवसरबाट बञ्चित हुन नपरोस: नेत्रहीन युवा संघ कास्की

 

पोखरा: नेत्रहिन युवा संघ नेपाल कास्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै सरोकारवाला निकायलाई सहजिकरण गरिदिन आग्रह गरेको छ ।


संघले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदानस्थललाई अपाङ्गता मैत्री बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तिहरुसँग सांकेतिक भाषमा सञ्चार गर्न सक्ने वाताबरण सिर्जना गरिदिन सम्वन्धित सरोकारवालासंग अनुरोध गरेको हो ।


अपाङ्गता भएका व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धित सरोकारवाला निकायहरूलाई सहजिकरण गरिदिन संघले आग्रह गरेको छ।


‘नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रीय महासन्धीको धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तीहरूले पनि राजनितिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ तर पनि अपाङ्गता भएका व्यक्तिहरु विभिन्न भौतिक सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो वालिग मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम नै छ। तसर्थ, कोहि पनि अपाङ्गता भएक व्यक्तिहरु आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धिर सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसर्ता लिइदिनहुन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बुधबार जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्